हिमाली–पहाडी क्षेत्रमा वर्षा 


काठमाडौं  ।  देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आज बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रही वर्षाको सम्भावना कायम रहने जनाइएको छ।

२०८३ असार ५, शुक्रबार ०६:३९ प्रकाशित
ट्रेन्डिङ समाचार