लोकतन्त्र पक्षमा भोलि ऐक्यबद्धता र्‍याली


काठमाडौं । राजधानीको माइतीघर मण्डलाबाट भोलि लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको पक्षमा ऐक्यबद्धता र्‍याली निकालिने भएको छ।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को आयोजनामा दिउँसो ४ बजे र्‍याली आयोजना गर्न लागिएको हो। र्‍यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ तथा नेपाल इञ्जिनियर्स एशोसिएशनका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

पापडले सरकारको कार्यशैलीका कारण लोकतन्त्रका आधारभूत मूल्य–मान्यता कमजोर बन्दै गएको ठहर गर्दै नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने गतिविधिको विरोधमा र्‍याली आयोजना गरिएको जनाएको छ।

२०८३ असार ४, बिहीबार २०:१४ प्रकाशित
ट्रेन्डिङ समाचार