काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
अज्टेका रंगशालामा भएको खेलमा मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। दक्षिण अफ्रिकाले दुई खेलाडी गुमाउँदै ९ जनामा सीमित भएपछि मेक्सिकोले खेलमा सहज नियन्त्रण कायम राख्यो।
खेलमा तीन रातो कार्ड देखाइएको थियो। जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोडेको छ।
सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।
२०८३ जेष्ठ २९, शुक्रबार ०७:०७ प्रकाशित

