काठमाडौँ । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेपछि उनलाई आज बिहान पर्साको ठोरीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।