देशका विभिन्न क्षेत्रमा वर्षा र हुरीको सम्भावना


 काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा र हुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, मधेसलगायत हिमाली तथा पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।

यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने जनाइएको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ जेष्ठ १४, बिहीबार ०९:४० प्रकाशित
ट्रेन्डिङ समाचार