सूर्यविनायक–धुलिखेल सडकमा ढिलाइ, वर्षाअघि काम सक्न दबाब
काठमाडौं ।
सूर्यविनायक–धुलिखेल छ लेन सडक विस्तार आयोजनाको काम सुस्त भएपछि स्थानीय तह र सरोकारवालाले निर्माणलाई तीव्र बनाउन आग्रह गरेका छन्। बनेपामा भएको छलफलमा वर्षायामअघि सर्भिस लेन सञ्चालनमा ल्याउने र पुल आसपासका अवरोध हटाउने सहमति भएको छ।
आयोजनाको भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको भए पनि बिटुमिन अभाव, सामग्रीको मूल्यवृद्धि र बजारको असहज अवस्थाले काम प्रभावित भएको निर्माण पक्षले जनाएको छ। सडकको धुलाम्मे अवस्था र अव्यवस्थाले यात्रुहरूलाई दैनिक सास्ती भोग्नुपरेको छ।