सरकारको नीति तथा कार्यक्रम भोलि,ढिलो गरी मागियो सुझाव


काठमाडौ
सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम भोलि सोमबार ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सत्तारुढ दल रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई सरकारको नीति तथा कार्यक्रममा समेट्ने छ । नीति तथा कार्यक्रममा मुलुकमा सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउने लगायतका विषयलाई प्रमुख प्राथमिकतामा राखिएको र विकास, समाजिक न्याय तथा विकसित नेपालको अवधारणा अघि सारिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयका बारेमा सुझाव संकलन पोर्टल खडा गरी आमसर्वसाधारण सँग सुझाव मागेको थियो । जनताका सुझावलाई नीति तथा कार्यक्रममा समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । तर सरकारले नीकै ढिलोगरी सुृझाव मागेको भन्दै सर्वसाधारणले केहि गुनासो गरेका छन् । सरकारले दुई दिन अघि मात्रै सो पोर्टल मार्फत सुझाव मागेको थियो । तर ढिलो भएकाले नागरिकको सुझाव अपेक्षा गरे अनुसार आउन नसकेको बताइएको छ ।

 

२०८३ बैशाख २७, आईतवार २०:३६ प्रकाशित
ट्रेन्डिङ समाचार