पाकिस्तान सुपर लिग पनि स्थगित, दुई देशबीच युद्धको असर


काठमाडौं

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग पीएसएलका बाँकी आठ खेलहरू स्थगित गरेको छ।
पछिल्लो २४ घण्टामा एलओसीमा स्थिति बिग्रँदै गएको, ७८ वटा ड्रोनको बढ्दो आक्रमण र भारतबाट सतहबाट सतहमा क्षेप्यास्त्र प्रहार भएको भन्दै अनिश्चितकालका लागि स्थगित गरेको हो ।
पिएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन् । पाकिस्तानले यसअघि बाकी खेल युएईमा गर्ने तयारी गरेको थियो । भारत पाकिस्तान सीमामा सुरक्षा चिन्ताका कारण भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गरिसकेको छ ।

 

२०८२ बैशाख २७, शनिबार १०:४२ प्रकाशित
ट्रेन्डिङ समाचार