काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन छन् । उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२०८१ आश्विन २३, बुधबार १३:०७ प्रकाशित