काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ २३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा कायम भएको छ ।
२०८१ आश्विन १६, बुधबार ०८:२६ प्रकाशित