स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी रहेका छन् ।

मोहम्मद हबिबको घरमा अवैध हुन्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०८१ आश्विन ९, बुधबार १३:५६ प्रकाशित
ट्रेन्डिङ समाचार