जुवातास खेलिरहेका सात जना दक्षिणकालीबाट पक्राउ


काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०८१ आश्विन ६, आईतवार १४:२९ प्रकाशित
ट्रेन्डिङ समाचार