काठमाडौँ । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित चटकपुरबाट ४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई खैरो हेरोइन कारोबार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।
पक्राउ पर्नेमा टिकपुर घर भएका २४ वर्षीय सुमित थारु, कञ्चनपुर घर भएका ३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का छन् । उनीहरूको साथबाट २ ग्राम ६१ मिलिग्राम लागुऔषध खैरो हेराइन बरामद गरिएको डीएसपी बोहराले बताए ।
२०८१ भाद्र ३०, आईतवार १४:५९ प्रकाशित