रौतहटबाट लागू औषधसहित एक जना साधु पक्राउ


काठमाडौं ।  रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गाेनाही नगरपालिका-९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् । लगत्तै साधु यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको गिरीले जानकारी दिइन् ।

२०८१ भाद्र २७, बिहीबार ११:१३ प्रकाशित
ट्रेन्डिङ समाचार