
काठमाडौँ । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको १२ लाखभन्दा बढी रुपैयाँसहित दुई जनलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा सशस्त्र प्रहरी बलले नेपाल–भारतको नाकाबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेका छन् । महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट जाँचका क्रममा दुबै जनालाई पक्राउ गरिएको ड्राइपोर्ट सशस्त्र प्रहरीको बेस क्याम्पका प्रहरी निरीक्षक विपिन खनालले बताए ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।
२०८१ श्रावण २३, बुधबार १२:३० प्रकाशित