आज पनि बढ्यो सुनको मूल्य


काठमाडौ‌। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको हो ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ श्रावण १८, शुक्रबार १५:३७ प्रकाशित
ट्रेन्डिङ समाचार