काठमाडौँ । काठमाडौँमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
२०८१ श्रावण १४, सोमबार १२:२९ प्रकाशित