काठमाडौँ । चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौँ महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौँ महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।
२०८१ श्रावण १३, आईतवार १३:२६ प्रकाशित