अनलाइनमार्फत् ठगी गर्ने महिलालाई पक्राउ


काठमाडौं । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

थापाले तनहुँको व्यास नगरपालिका-१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख ठगी गर्नुभएको हो ।

 

२०८१ असार २९, शनिबार १२:३५ प्रकाशित
ट्रेन्डिङ समाचार