अब सवारी चालक लाइसेन्सको अवधि १० वर्ष, ५ वर्षे व्यवस्था हट्यो


काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो।

यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ। उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो।

‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’

२०८२ श्रावण १६, शुक्रबार १६:५० प्रकाशित
ट्रेन्डिङ समाचार