राष्ट्रिय सभा बैठक भदौ १६ गतेसम्म स्थगित


काठमाडौँ । राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपछि बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकलाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्ताव सर्वसम्मतिले पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिए।

२०८३ भाद्र ९, मंगलवार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार