काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ पुगेको छ । सानो अन्डाको मूल्य प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । उत्पादनमा कमी आएपछि बजारको माग धान्न कठिन भएको र बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा नष्ट गरिएकाले अन्डा उत्पादन घटेको व्यवसायीहरूको भनाइ छ ।
२०८३ भाद्र ४, बिहीबार १३:१७ प्रकाशित


