पोखरेलद्वारा रवि–बालेनको कार्यशैलीप्रति टिप्पणी


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धुर्मुस–सुन्तलीले अघि बढाएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाको उदाहरण दिँदै नयाँ राजनीतिक नेतृत्व रवि–बालेनको कार्यशैलीप्रति टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत पोखरेलले दानदातव्यको भरमा ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको उल्लेख गर्दै रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस–सुन्तलीको परियोजना संकटमा परेको बताएका छन्।

उनले रवि–बालेन समूहको राजनीतिक कार्यशैली पनि त्यस्तै दिशामा अघि बढिरहेको दाबी गर्दै डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता सञ्चालन गर्न खोज्दा मुलुकमा अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट बढेको बताएका छन्।

स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्ता सञ्चालन गर्दा भविष्यमा असमयमै पलायनको अवस्था आउन सक्ने भन्दै पोखरेलले समयमै सचेत हुन आग्रह गरेका छन्।

२०८३ भाद्र ४, बिहीबार ११:३१ प्रकाशित
ट्रेन्डिङ समाचार