काठमाडौं । रोल्पाको पूर्वी क्षेत्रमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। दुई जना घाइतेको बुटवलमा उपचार भइरहेको छ।
थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा ११ जनाको मृत्यु भएको छ। दुई जना अझै बेपत्ता छन्। पहिरोले नौ घरसहित १३ वटा संरचना बगाएको छ।
त्यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि थबाङ र सुनछहरी गाउँपालिका शोकमा छन्।
घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ।
२०८३ श्रावण ३०, शनिबार ११:०१ प्रकाशित


