जनकपुरधाम । धनुषामा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवालाई पक्राउ गरेको छ।
औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेको अवस्थामा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको साथबाट खैरो हिरोइन र लागुऔषध नापतौल गर्ने डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले बताए।
यसैबीच, प्रहरीले शुक्रबार विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुटपिट मुद्दाका १० जना र घरेलु हिंसाका २ जना रहेका छन्। उनीहरूलाई जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।
२०८३ श्रावण ३०, शनिबार १०:०७ प्रकाशित


