रास्वपा सभापति लामिछानेले मधेस नेतासँग गरे तनाव समाधानबारे छलफल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी र सिरहामा देखिएको पछिल्लो तनावबारे मधेसवादी दलका नेताहरूसँग छलफल गरेका छन् ।

तनावग्रस्त अवस्थाको समाधान खोज्ने उद्देश्यले बिहीबार साँझ भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत नेताहरू सहभागी थिए ।

छलफलमा सुनसरीको देवानगञ्ज घटनासहित सिरहामा उत्पन्न तनाव, शान्ति कायम गर्ने उपाय र सामाजिक सद्भाव कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि लामिछानेले कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग पनि छलफल गरेका थिए । उनले प्रभावित क्षेत्रमा पुगेर स्थानीय समस्याको समाधान खोज्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

२०८३ श्रावण १४, बिहीबार २१:०० प्रकाशित
ट्रेन्डिङ समाचार