सुनसरी घटनापछि प्रधानमन्त्रीले राष्ट्रका नाममा केहि बेरमा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा देशवासीलाई सम्बोधन गर्ने भएका छन्।

सुनसरीको देवानगञ्जमा भएको पछिल्लो घटनापछि उत्पन्न परिस्थितिलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनमा सुनसरी घटनाबारे सरकारको आधिकारिक धारणा, शान्ति–सुरक्षा कायम गर्ने प्रतिबद्धता तथा सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई आह्वान गरिने अपेक्षा गरिएको छ।

२०८३ श्रावण १४, बिहीबार १७:४६ प्रकाशित
ट्रेन्डिङ समाचार