काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न माग गर्दै आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ।
सङ्घले दोषीमाथि कानुनी कारबाहीमा सरकारले उदासीनता देखाएको आरोप लगाउँदै आन्दोलनलाई निरन्तरता दिएको हो। आन्दोलनअन्तर्गत काठमाडौँमा माइतीघर मण्डलामा विरोध प्रदर्शन तथा उपत्यका बाहिरका जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
२०८३ श्रावण १३, बुधबार ०८:५२ प्रकाशित


