ढिलासुस्ती गर्ने ठेकेदारलाई १५ दिने स्पष्टीकरण, ठेक्का तोड्ने चेतावनी


काठमाडौँ ।  कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत कुवाडी–तुम्चा सडक स्तरोन्नति कार्यमा ढिलासुस्ती गरेको भन्दै सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले निर्माण व्यवसायी एमआरएस कन्टेक–सिङ्घा जेभीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

कार्यालयका अनुसार पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेकाले ठेक्का सम्झौता किन नतोड्ने भन्ने विषयमा स्पष्टीकरण मागिएको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन तथा अग्रिम भुक्तानी जमानत जफत गर्ने र थप खर्चसमेत सम्बन्धित निर्माण व्यवसायीबाट असुल गरिने चेतावनी दिइएको छ।

२०८३ श्रावण ८, शुक्रबार ११:२८ प्रकाशित
ट्रेन्डिङ समाचार