काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग भएका दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।
फिफा विश्वकप सुरु भएयता बेटिङ गतिविधि बढ्न सक्ने आकलनपछि निगरानी र कारबाही तीव्र पारिएको हो। प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी शंकास्पद वेबसाइटहरू अवरुद्ध गर्दै आएको छ।
नयाँ नाम र ठेगानामा वेबसाइट पुनः सञ्चालन हुने चुनौतीका बीच थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर यस्ता वेबसाइट पहिचान र बन्द गर्ने काम निरन्तर भइरहेको जनाएको छ।
२०८३ श्रावण ८, शुक्रबार ०९:४० प्रकाशित


