प्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप, अब २९ जना नियुक्त हुने
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले खुला प्रतियोगितामार्फत पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा ८ सिट थप गरेको छ। यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा संशोधन गर्दै अब कुल २९ जनाको भर्ना गरिने जनाएको हो।
प्रहरीका अनुसार सर्वोच्च अदालतको परमादेशअनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहमा छुटेका पदहरूको क्षतिपूर्तिस्वरूप सिट थप गरिएको हो। समावेशी प्रावधानअनुसार पद समायोजन गरी प्रचलित कानुनबमोजिम भर्ना प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।