मनसुन सक्रिय, आज पनि वर्षा र भारी वर्षाको चेतावनी


काठमाडौं ।  देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले सम्भावित वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

२०८३ श्रावण ८, शुक्रबार ०७:३६ प्रकाशित
ट्रेन्डिङ समाचार