काठमाडौं। वैकल्पिक रोजगारीको व्यवस्था गर्न माग गर्दै दृष्टिविहीन व्यवसायीहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डला मा धर्ना दिएका छन्।
सडक पेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूले सरकारी निकायबाट हुने धरपकडका कारण काम गर्न कठिन भएको गुनासो गरेका छन्। राज्यका निकायले जबरजस्ती हटाउन खोजेको आरोप लगाउँदै उनीहरूले उचित विकल्प उपलब्ध गराउन माग गरेका हुन्।
दृष्टिविहीन व्यवसायीहरूले सडकमा व्यवसाय गर्नु रहर नभई बाध्यता भएको बताउँदै वैकल्पिक व्यवस्थासहित आफ्नो रोजीरोटी सुरक्षित गर्न सरकारसँग आग्रह गरेका छन्।
२०८३ असार ९, मंगलवार १२:०५ प्रकाशित

