डिआर कंगोसँग पोर्चुगलको बराबरी, विश्वकपमा ऐतिहासिक अंक


काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलका जोआओ नेभेसले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा योहान विसाले बराबरी गोल गर्दै डिआर कंगोलाई खेलमा फर्काए।

५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले यस बराबरीसँगै विश्वकप इतिहासमा पहिलो गोल र पहिलो अंक हासिल गरेको छ। यता, कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे पनि गोल गर्न सकेनन्।

२०८३ असार ४, बिहीबार ०६:४७ प्रकाशित
ट्रेन्डिङ समाचार