पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा हुने


काठमाडौँ  । पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र आज राति देशका विभिन्न प्रदेशका पहाडी, हिमाली तथा केही तराई क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

२०८३ जेष्ठ २८, बिहीबार ०७:१३ प्रकाशित
ट्रेन्डिङ समाचार