काठमाडौं । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले मङ्गलवार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो बन्द भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ । हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन् ।
२०८२ भाद्र ३१, मंगलवार १७:०८ प्रकाशित


