मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

२०८३ श्रावण १३, बुधबार ०८:०५ प्रकाशित
ट्रेन्डिङ समाचार