इतिहासबाट सिकेर समृद्धि निर्माण गर्न राष्ट्रपतिको आह्वान


काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका असल पक्षको अनुसरण गर्दै वर्तमानलाई न्याय गर्न र भविष्य निर्माण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार–सम्मान कार्यक्रममा उनले वीर पुर्खाको त्याग, बलिदान र राष्ट्रप्रेमबाट प्रेरणा लिएर राष्ट्रिय एकता, सुशासन र विकासमा सबै जुट्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भीमसेन थापा राष्ट्र, राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताप्रति अडिग व्यक्तित्व भएको उल्लेख गर्दै उनको राष्ट्रभक्तिका कारण नेपाल स्वतन्त्र रहन सफल भएको बताए। साथै, भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माण गर्नु नै वीर पुर्खाप्रतिको सच्चा सम्मान हुने उनको भनाइ थियो।

२०८३ श्रावण ८, शुक्रबार १२:३८ प्रकाशित
ट्रेन्डिङ समाचार