काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा शरीरमा आगो लगाएका हुन्। प्रारम्भिक अनुसन्धानमा छोरासँग भएको विवादपछि उनले उक्त कदम चालेको खुलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका राउतलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
२०८३ असार २७, शनिबार ०९:१५ प्रकाशित



