आठ एआईजीको सरुवा, सीआईबी र उपत्यका प्रहरीमा नयाँ नेतृत्व


काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको छ।

सरुवाअनुसार एआईजी उमाप्रसाद चतुर्वेदी सीआईबी प्रमुख नियुक्त भएका छन् भने एआईजी सुशीलसिंह राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख बनेका छन्।

यससँगै प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पनि नेतृत्व हेरफेर गरिएको छ। सरकारले अनुसन्धान तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन अनुभवी नेतृत्वलाई जिम्मेवारी दिएको जनाएको छ।

२०८३ असार १८, बिहीबार १९:१९ प्रकाशित
ट्रेन्डिङ समाचार