काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
प्रकाशित नतिजाअनुसार करिब २ लाख ६८ हजार विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ६४.१३ प्रतिशत हो। करिब १ लाखभन्दा बढी विद्यार्थी ‘NG (Not Graded)’ मा परेका छन्।
ग्रेडिङ विवरणअनुसार ३.६१ देखि ४.० GPA ल्याउने १७ हजारभन्दा बढी विद्यार्थी रहेका छन् भने ३.२१ देखि ३.६० GPA समूहमा करिब ६४ हजार विद्यार्थी छन्। २.८१ देखि ३.२० GPA समूहमा सबैभन्दा धेरै करिब ९४ हजार विद्यार्थी परेका छन्।
बोर्डले केही परीक्षार्थीको परीक्षा रद्द गरिएको पनि जनाएको छ।
२०८३ असार ५, शुक्रबार ०९:४३ प्रकाशित

