लोकसेवा परीक्षा तयारी/टिप्स ( विषयगत प्रश्नोत्तर )


नियो बैंङ्क र परम्परागत बैंक विच के भिन्नता रहेको छ ? नियो बैँकका आवश्यकता एवं विशेषताहरुमाथि प्रकाश पार्नुहोस् ।

पृष्ठभूमि
 भौतिक शाखाविहीन, पूर्णतया मोबाइल एप वा वेबसाइट मार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्थालाई नियो बैंक भनिन्छ ।
 नेपाल राष्ट्र बैँकले वित्तीय समावेशीकरण नीति, २०८१ मार्फत डिजिटल प्रविधिमा नवप्रवर्तन र डिजिटल वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोग बढाउन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
 यिनीहरूलाई फिनटेक बैँक वा च्यालेन्जर बैँक समेत भनिन्छ ।
 प्रविधिको तीब्र विस्तारसँगै नियो बैंकको अवधारणा पहिलो पटक सन् २०१० तिर सयुक्त राज्य अमेरिकाबाट सुरू भएको मानिन्छ
 नियो बैंकहरूले परम्परागत बैंकिङभन्दा फरक भएर भौगोलिक सीमाहीन सेवा, कम सञ्चालन खर्चले ग्राहकलाई कम शुल्क र आकर्षक ब्याजदरको सिधा फाइदा पुर्‍याउन सक्छन् ।

 आ. व. २०८२/८३ को बजेटमा नियो बैंकको परिकल्पना गरिएको छ ।
 पारदर्शी सेवा, उत्कृष्ट अनुभव र बलियो ग्राहक संरक्षण दिएरमात्र नियो बैकहरुले ग्राहकहरुको विश्वास आर्जन गर्न सक्दछन् ।
नियो बैंङ्क र परम्परागत बैंक
 परम्परागत बैंकहरूले भौतिक शाखाहरूसँगै डिजिटल सेवा प्रदान गर्छन् भने नियो बैंकहरू पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित हुन्छन्।
 परम्परागत बैंकमा भौतिक शाखा हुन्छन् भने नियो बैंकका भौतिक शाखाहरु हुदैनन ।
 परम्परागत बैंकमा ग्राहक सेवा प्रत्यक्ष र अनलाइनकोफ माध्यमद्वारा उपलब्ध गराइन्छ भने नियो बैंकमा अनलाइन समर्थन हुन्छ ।
 परम्परागत बैंकमा शाखा, एटीएम तथा अनलाइनबाट सेवामा पहुँच कायम हुन्छ भने नियो बैंकमा मोबाइल एप्स तथा वेबसाइटबाट सेवामा पहुँच कायम हुन्छ ।

 परम्परागत बैंकमा ब्याजदर कम हुन्छ भने नियो बैंकमा व्याजदर उच्च हुन्छ ।
 परम्परागत बैंकमा शुल्क प्राय उच्च हुन्छ भने नियो बैंकमा कम वा शुन्य शुल्क हुन्छ ।
नियो बैंकको महत्व र आवश्यकता
 ग्राहकलाई सुविधाजनक, प्रयोगकर्तामैत्री र सस्तो बैंकिङ अनुभव प्रदान गर्न
 एआई र डेटा एनालिटिक्स जस्ता उन्नत प्रविधि प्रयोग गर्न
 ग्राहकलाई व्यक्तिगतकृत, छिटो र कागजविहीन डिजिटल सेवा प्रदान गर्न
 वित्तीय समावेशिता प्रवर्द्धन गर्न

 दुरदराजका समुदायलाई समेत वित्तीय सेवामा जोड्न
 परम्परागत बैंकका आधारभूत सेवा अतिरिक्त ग्राहक आवश्यकता अनुसारका विशेष सेवा प्रदान गर्न
 बजेटिङ र खर्च ट्र्याकिङ उपकरण, स्वचालित बचत सुविधा जस्ता वित्तीय व्यवस्थापन उपकरणहरू प्रदान गर्न
 डिजिटल सेवा मन पराउने र लचिलोपन चाहने ग्राहकका लागि आकर्षक विकल्प उपलब्ध गराउन

नियो बैङ्कका विशेषताहरु
 भौतिक शाखा नहुने
 पूर्ण रूपमा अनलाइनमा आधारित हुने
 सञ्चालन खर्च कम हुने र सेवाहरू सस्तोमा उपलब्ध गराउन सक्ने
 कम शुल्क र उच्च ब्याज दर हुने
 बजेटिङ, खर्च ट्र्याकिङ, र बचत लक्ष्यहरू सेट गर्न सहयोग गर्ने उपकरणहरू प्रदान गर्ने
 सहयोगी बैंकहरूसँग साझेदारी गर्ने

निष्कर्ष
नियो बैंकहरूले भौगोलिक सीमाहीन सेवा, कम शुल्क र आकर्षक ब्याजदरको सिधा फाइदा पुर्‍याउन सक्छन् । ग्राहकलाई परम्परागत बैंकका ठूला भवन, काउन्टर र लामो लाइनको झन्झटबाट मुक्ति दिँदै, आफ्नै हत्केलामा चौबिसै घण्टा बैंकिङ सुविधा प्राप्त गर्न नियो बैंकको अवधारणाको कार्यान्वयन गर्नुपर्दछ ।

मध्यकालीन खर्च संरचनाका उद्देश्य एवं विशेषताहरु उल्लेख गर्दै मध्यकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र मध्यकालीन खर्च संरचनाको प्रभावकारीता वृद्धि गर्ने उपायहरु प्रस्तुत गर्नुहोस् ।

पृष्ठभूमि
 बजेटलाइ आवधिक योजना र कार्य सम्पादनसँग जोड्न उपलब्ध सीमित साधन स्रोतलाई राज्य सञ्चालन र विकासका विभिन्न क्षेत्रमा बाँडफाँट गर्ने त्रिवर्षीय चक्रिय योजनालाई मध्यकालीन खर्च संरचना भनिन्छ ।
 यसले तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रम खाका र नतिजा खाकाको समरूपताको रूपमा कार्य गर्दछ ।
 यसलाई प्राथमिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन गरी स्रोतको सुनिश्चितता र वित्तीय अनुशासन कायम गराउने, स्रोत, साधन र आगामी कार्यक्रमलाई संविधान, नीति र योजनाको आधारमा प्राथमिकीकरण गर्न सहयोग गर्ने माध्यमको रुपमा लिइन्छ ।

मध्यकालीन खर्च संरचनाका उद्देश्यहरु
 आवधिक योजना र वार्षिक बजेटबीच तादात्म्यता कायम गर्नु,
 विकास आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्नु
 विनियोजन कुशलता हासिल गर्नु
 आवधिक योजनाले लिएका उद्देश्य र लक्ष्य प्राप्त हुने गरी स्रोत, साधनको सदुपयोग गर्नु
 उच्च प्राथमिकतामा परेका आयोजनामा स्रोतको सुनिश्चितता गर्नु
 त्रिवर्षीय चक्रीय योजनाको रूपमा काम गर्नु

 विकास योजनाका लक्ष्यित नतिजा हासिल गर्न सहयोग गर्नु
 स्रोत, साधनको विवेकपूर्ण वितरण र महत्तम परिचालन गर्नु,
 पारदर्शी, मितव्ययी र अनुशासनयुक्त सार्वजनिक खर्च प्रणालीको विकास गर्नु
 गुणस्तरीय, समयमै र लागत प्रभावी आयोजना कार्यान्वयनमा सहयोग गर्नु
 सार्वजनिक सेवा र वित्तीय अनुशासन पक्षमा सुधार गर्नु,
 समष्टिगत आर्थिक स्थायित्व कायम गरी समष्टिगत वित्त खाका तथा बजेट खाका तर्जुमा गर्नु,
 बजेट अनुमानलाई यथार्थपरक र प्रभावकारी बनाउनु ।

मध्यकालीन खर्च संरचनाका विशेषताहरु
 बजेट तथा कार्यक्रम खाका:- आगामी तीन वर्षको बजेट र स्रोत अनुमान तथा प्रक्षेपण
 नतिजा खाकाः- आवधिक योजनाले निर्धारण गरेका नतिजा सूचक र सोको विद्यमान अवस्था, आगामी तीन वर्षको लक्ष्य ।
 वैधानिक संयन्त्रः- मध्यमकालीन खर्च संरचना कानूनी आधारमा निर्मित दस्तावेज
 त्रिवर्षीय चक्रीय योजना:- पहिलो वर्षको विनियोजित बजेट, बाँकी दुई आर्थिक वर्षको सन्दर्भमा आयोजना कार्यान्वयन स्थिति, प्रत्येक वर्ष तर्जुमा गरिने चक्रीय बजेट
 आवधिक योजनासँगको आबद्धता:- आवधिक योजना र वार्षिक वजेटबीचको सेतु, आवधिक योजनाका नतिजा सूचक र लक्ष्यको अनुसरण, स्रोतको अनुमान र वार्षिक बजेटमा समावेश गर्ने मार्गदर्शन, निर्धारित लक्ष्य र सूचकको आधारमा तीन वर्षको नतिजा खाकाको समावेश
 विकास आयोजनाको प्राथमिकीकरण:- हासिल

२०८३ जेष्ठ २, शनिबार १९:२४ प्रकाशित
ट्रेन्डिङ समाचार