नियो बैंङ्क र परम्परागत बैंक विच के भिन्नता रहेको छ ? नियो बैँकका आवश्यकता एवं विशेषताहरुमाथि प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
भौतिक शाखाविहीन, पूर्णतया मोबाइल एप वा वेबसाइट मार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्थालाई नियो बैंक भनिन्छ ।
नेपाल राष्ट्र बैँकले वित्तीय समावेशीकरण नीति, २०८१ मार्फत डिजिटल प्रविधिमा नवप्रवर्तन र डिजिटल वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोग बढाउन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
यिनीहरूलाई फिनटेक बैँक वा च्यालेन्जर बैँक समेत भनिन्छ ।
प्रविधिको तीब्र विस्तारसँगै नियो बैंकको अवधारणा पहिलो पटक सन् २०१० तिर सयुक्त राज्य अमेरिकाबाट सुरू भएको मानिन्छ
नियो बैंकहरूले परम्परागत बैंकिङभन्दा फरक भएर भौगोलिक सीमाहीन सेवा, कम सञ्चालन खर्चले ग्राहकलाई कम शुल्क र आकर्षक ब्याजदरको सिधा फाइदा पुर्याउन सक्छन् ।
आ. व. २०८२/८३ को बजेटमा नियो बैंकको परिकल्पना गरिएको छ ।
पारदर्शी सेवा, उत्कृष्ट अनुभव र बलियो ग्राहक संरक्षण दिएरमात्र नियो बैकहरुले ग्राहकहरुको विश्वास आर्जन गर्न सक्दछन् ।
नियो बैंङ्क र परम्परागत बैंक
परम्परागत बैंकहरूले भौतिक शाखाहरूसँगै डिजिटल सेवा प्रदान गर्छन् भने नियो बैंकहरू पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित हुन्छन्।
परम्परागत बैंकमा भौतिक शाखा हुन्छन् भने नियो बैंकका भौतिक शाखाहरु हुदैनन ।
परम्परागत बैंकमा ग्राहक सेवा प्रत्यक्ष र अनलाइनकोफ माध्यमद्वारा उपलब्ध गराइन्छ भने नियो बैंकमा अनलाइन समर्थन हुन्छ ।
परम्परागत बैंकमा शाखा, एटीएम तथा अनलाइनबाट सेवामा पहुँच कायम हुन्छ भने नियो बैंकमा मोबाइल एप्स तथा वेबसाइटबाट सेवामा पहुँच कायम हुन्छ ।
परम्परागत बैंकमा ब्याजदर कम हुन्छ भने नियो बैंकमा व्याजदर उच्च हुन्छ ।
परम्परागत बैंकमा शुल्क प्राय उच्च हुन्छ भने नियो बैंकमा कम वा शुन्य शुल्क हुन्छ ।
नियो बैंकको महत्व र आवश्यकता
ग्राहकलाई सुविधाजनक, प्रयोगकर्तामैत्री र सस्तो बैंकिङ अनुभव प्रदान गर्न
एआई र डेटा एनालिटिक्स जस्ता उन्नत प्रविधि प्रयोग गर्न
ग्राहकलाई व्यक्तिगतकृत, छिटो र कागजविहीन डिजिटल सेवा प्रदान गर्न
वित्तीय समावेशिता प्रवर्द्धन गर्न
दुरदराजका समुदायलाई समेत वित्तीय सेवामा जोड्न
परम्परागत बैंकका आधारभूत सेवा अतिरिक्त ग्राहक आवश्यकता अनुसारका विशेष सेवा प्रदान गर्न
बजेटिङ र खर्च ट्र्याकिङ उपकरण, स्वचालित बचत सुविधा जस्ता वित्तीय व्यवस्थापन उपकरणहरू प्रदान गर्न
डिजिटल सेवा मन पराउने र लचिलोपन चाहने ग्राहकका लागि आकर्षक विकल्प उपलब्ध गराउन
नियो बैङ्कका विशेषताहरु
भौतिक शाखा नहुने
पूर्ण रूपमा अनलाइनमा आधारित हुने
सञ्चालन खर्च कम हुने र सेवाहरू सस्तोमा उपलब्ध गराउन सक्ने
कम शुल्क र उच्च ब्याज दर हुने
बजेटिङ, खर्च ट्र्याकिङ, र बचत लक्ष्यहरू सेट गर्न सहयोग गर्ने उपकरणहरू प्रदान गर्ने
सहयोगी बैंकहरूसँग साझेदारी गर्ने
निष्कर्ष
नियो बैंकहरूले भौगोलिक सीमाहीन सेवा, कम शुल्क र आकर्षक ब्याजदरको सिधा फाइदा पुर्याउन सक्छन् । ग्राहकलाई परम्परागत बैंकका ठूला भवन, काउन्टर र लामो लाइनको झन्झटबाट मुक्ति दिँदै, आफ्नै हत्केलामा चौबिसै घण्टा बैंकिङ सुविधा प्राप्त गर्न नियो बैंकको अवधारणाको कार्यान्वयन गर्नुपर्दछ ।
मध्यकालीन खर्च संरचनाका उद्देश्य एवं विशेषताहरु उल्लेख गर्दै मध्यकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र मध्यकालीन खर्च संरचनाको प्रभावकारीता वृद्धि गर्ने उपायहरु प्रस्तुत गर्नुहोस् ।
पृष्ठभूमि
बजेटलाइ आवधिक योजना र कार्य सम्पादनसँग जोड्न उपलब्ध सीमित साधन स्रोतलाई राज्य सञ्चालन र विकासका विभिन्न क्षेत्रमा बाँडफाँट गर्ने त्रिवर्षीय चक्रिय योजनालाई मध्यकालीन खर्च संरचना भनिन्छ ।
यसले तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रम खाका र नतिजा खाकाको समरूपताको रूपमा कार्य गर्दछ ।
यसलाई प्राथमिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन गरी स्रोतको सुनिश्चितता र वित्तीय अनुशासन कायम गराउने, स्रोत, साधन र आगामी कार्यक्रमलाई संविधान, नीति र योजनाको आधारमा प्राथमिकीकरण गर्न सहयोग गर्ने माध्यमको रुपमा लिइन्छ ।
मध्यकालीन खर्च संरचनाका उद्देश्यहरु
आवधिक योजना र वार्षिक बजेटबीच तादात्म्यता कायम गर्नु,
विकास आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्नु
विनियोजन कुशलता हासिल गर्नु
आवधिक योजनाले लिएका उद्देश्य र लक्ष्य प्राप्त हुने गरी स्रोत, साधनको सदुपयोग गर्नु
उच्च प्राथमिकतामा परेका आयोजनामा स्रोतको सुनिश्चितता गर्नु
त्रिवर्षीय चक्रीय योजनाको रूपमा काम गर्नु
विकास योजनाका लक्ष्यित नतिजा हासिल गर्न सहयोग गर्नु
स्रोत, साधनको विवेकपूर्ण वितरण र महत्तम परिचालन गर्नु,
पारदर्शी, मितव्ययी र अनुशासनयुक्त सार्वजनिक खर्च प्रणालीको विकास गर्नु
गुणस्तरीय, समयमै र लागत प्रभावी आयोजना कार्यान्वयनमा सहयोग गर्नु
सार्वजनिक सेवा र वित्तीय अनुशासन पक्षमा सुधार गर्नु,
समष्टिगत आर्थिक स्थायित्व कायम गरी समष्टिगत वित्त खाका तथा बजेट खाका तर्जुमा गर्नु,
बजेट अनुमानलाई यथार्थपरक र प्रभावकारी बनाउनु ।
मध्यकालीन खर्च संरचनाका विशेषताहरु
बजेट तथा कार्यक्रम खाका:- आगामी तीन वर्षको बजेट र स्रोत अनुमान तथा प्रक्षेपण
नतिजा खाकाः- आवधिक योजनाले निर्धारण गरेका नतिजा सूचक र सोको विद्यमान अवस्था, आगामी तीन वर्षको लक्ष्य ।
वैधानिक संयन्त्रः- मध्यमकालीन खर्च संरचना कानूनी आधारमा निर्मित दस्तावेज
त्रिवर्षीय चक्रीय योजना:- पहिलो वर्षको विनियोजित बजेट, बाँकी दुई आर्थिक वर्षको सन्दर्भमा आयोजना कार्यान्वयन स्थिति, प्रत्येक वर्ष तर्जुमा गरिने चक्रीय बजेट
आवधिक योजनासँगको आबद्धता:- आवधिक योजना र वार्षिक वजेटबीचको सेतु, आवधिक योजनाका नतिजा सूचक र लक्ष्यको अनुसरण, स्रोतको अनुमान र वार्षिक बजेटमा समावेश गर्ने मार्गदर्शन, निर्धारित लक्ष्य र सूचकको आधारमा तीन वर्षको नतिजा खाकाको समावेश
विकास आयोजनाको प्राथमिकीकरण:- हासिल


