काठमाडौंं
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ।
सम्पति सुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ। हाल उपचारका लागि हङकङमा रहेका उनीहरूमाथि सम्पत्तिको स्रोतबारे छानबिन अघि बढाइएको विभागले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र संकलन प्रक्रियाबारे प्रश्न उठेपछि केही समयदेखि छानबिनको माग बढ्दै आएको थियो।
यसअघि पनि पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। अन्य केहि पूर्व प्रधानमन्त्री र मन्त्रीहरु विरुद्ध पनि पक्राउ पूर्जी जारी हुने विभाग स्रोतले जनाएको छ ।


