काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्ट व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको जनाएको छ।
कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल बनाउनका लागि छुट्टै डेस्क स्थापना गरिएको बताएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नु हुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,’ कार्यालयको सूचनामा उल्लेख छ।

२०८२ असार २९, आईतवार १८:०३ प्रकाशित
