सोमबार १० बजेभित्र प्रवेश गरिसक्न सबै सांसदलाई राष्ट्रपति कार्यालयको अनुरोध


काठमाडौं । राष्ट्रपतिको कार्यालयले सबै सांसदहरुलाई सोमबार बिहान साढे दशबजेभित्र प्रवेश गरिसक्न अनुरोध गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निम्तो पठाउँदै यस्तो अनुरोध गरेको हो ।

राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीले पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१र३र३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ।’

२०८१ असार ३०, आईतवार १७:३७ प्रकाशित
ट्रेन्डिङ समाचार