आर्थिक अपराधमा अग्रिम जमानतको माग


काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाहरूले आर्थिक अपराधका मुद्दामा अनुसन्धान पूरा नहुँदै व्यवसायीलाई पक्राउ गर्ने अभ्यास अन्त्य गर्न सरकारसँग अग्रिम जमानत (एन्टिसिपेटरी बेल) को व्यवस्था गर्न माग गरेका छन्।

बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भएको छलफलमा व्यवसायीहरूले यस्तो व्यवस्था भए लगानीको वातावरण सुधार हुने र निजी क्षेत्रको मनोबल बढ्ने बताएका हुन्। प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने तथा सरकार–निजी क्षेत्रबीच नियमित संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०८३ असार २४, बुधबार १६:१६ प्रकाशित
ट्रेन्डिङ समाचार