नयाँ मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त


काठमाडौ
सरकारले नयाँ मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले .कार्कीलाई असार २६ गते देखि लागू हुने गरी मुख्य सचिवमा नियुक्त गरेको हो ।
उनी मुलुकको ३० औ मुख्य सचिव बन्न सफल भएका छन् । मुख्य सचिवको प्रतिस्पर्धीमा किरणराज शर्मा, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ,कृष्णबहादुर राउत,रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला लगायत थिए ।

 

२०८३ असार २४, बुधबार १६:५५ प्रकाशित
ट्रेन्डिङ समाचार