सरकार ‘भर्चुअल’मा सीमित, काममा कमजोर : कांग्रेस सांसद गच्छदार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति गरेको दाबी गरे पनि वास्तविक उपलब्धि कमजोर रहेको बताइन्।
उनले प्रधानमन्त्रीको कार्यशैली, सीमासम्बन्धी अभिव्यक्ति, सुकुमबासी व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या तथा आर्थिक अवस्थाप्रति सरकारको आलोचना गर्दै सरकारको कामभन्दा प्रचार बढी भएको टिप्पणी गरिन्। साथै, स्वास्थ्य बिमा भुक्तानी रोकिएको, अत्यावश्यक औषधिको अभाव भएको, पुँजीगत खर्च घटेको, सेयर बजार ओरालो लागेको र महँगी बढेको भन्दै सरकार जनताका वास्तविक समस्याप्रति संवेदनशील हुनुपर्नेमा जोड दिइन्।