काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहीन नागरिकलाई तत्काल रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सडकपेटीबाट दृष्टिविहीनलाई हटाउने मात्र नभई उनीहरूले गर्न सक्ने काम उपलब्ध गराएर रोजगारीको संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो। सरकारले एकैपटक सबैलाई रोजगारी दिन नसके पनि चरणबद्ध रूपमा १०–१५ जनाबाट कार्यक्रम सुरु गर्न सकिने उहाँको भनाइ थियो।
उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको भनिएको राष्ट्रघाती अभिव्यक्तिलाई सच्याउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग पनि गर्नुभयो।