सभामुखमाथि एमाले सांसद राईको आक्रोश, ‘पाँच वर्ष संसद् चलाउन सक्नुहुन्न’


काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् सञ्चालन गर्न नसक्ने आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राईले यस्तो टिप्पणी गरेका हुन्।

सभामुखले आचरणविपरीत बोलेको भन्दै राईलाई रोक्दै अर्का सांसदलाई समय दिएपछि एमाले सांसदहरूले विरोध गरेका थिए। पछि राईले गल्ती स्वीकार गरेपछि बोल्न समय दिइए पनि पुनः सचेत गराउँदै सभामुखले बैठक स्थगित गरेका थिए।

२०८३ असार २४, बुधबार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार